सुन निक्षेपमा राखेर ब्याज पाउने कहिले ? यस्तो हुँदैछ तयारी

Advertisement

काठमाडौं । ‘सर्वसाधारणलाई काँचो सुन राख्ने अनुमति छैन्, गहना धितोमा राखेर ब्याज त दिन सकिन्छ तर सर्वसाधारण सुन फिर्ता माग्दा गहना नै दिन पर्ने भएपछि बैंकले त्यसलाई चलाएर थप आम्दानी गर्न नसक्ने देखियो’, यो भनाई हो नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको ।

[caption id="attachment_155506" align="aligncenter" width="663"] बजेटको व्यवस्था[/caption]

[caption id="attachment_155507" align="aligncenter" width="728"] मौद्रिक नीतिको व्यवस्था[/caption]

सरकारले बजेट मार्फत अघि सारेको सुन चाँदी लगायतका बहमुल्य धातुलाई निक्षेपका रुपमा स्वीकार गर्ने योजना सुन कारोबार सम्बन्धी सरकारी व्यवस्थाकै कारण समस्यामा परेको हो ।
हालसम्म सुन चाँदी व्यवसायीले मात्रै बैंकबाट काँचो सुन खरिद गर्न पाउँछन् । व्यवसायीले सर्वसाधारणलाई काँचो सुन नभएर गहना मात्रै बेच्न पाउँछन् ।

कुनै सर्वसाधारणले आफुसँग भएको गहनालाई निक्षेपका रुपमा राखेर ब्याज खाईरहँदा त्यसको अवधी सकिएपछि पुनः गहना नै फिर्ता दिन बैंकलाई मुस्किल हुनेछ । धितो राखेर ब्याज दिईसकेपछि बैंकहरुले पनि त्यस्तो सुनलाई चलाएर वा बेचेर थप आम्दानी गर्नुपर्छ । तर भोली सर्वसाधारणले राखेकै गहना फिर्ता गर्नुपर्ने अवस्थामा भने बैंकलाई समस्या पर्ने देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मराज बज्राचार्यले सर्वसाधारणलाई काँचो सुन राख्न पाउने व्यवस्था गरेपछि मात्रै निक्षेप राखेर ब्याज प्राप्त गर्न सहज हुने बताए । ‘२०६६ सालपछि व्यवसायीहरुले सर्वसाधारणलाई काँचो सुन बेच्न पाइरहेका छैनन्, गहनालाई निक्षेपका रुपमा राख्दा बैंकहरुले त्यसलाई चलाउन पाउँदैनन्, जसका कारण आम्दानी हुन्न, अनि आम्दानी नहुने बस्तु निक्षेप राखेर ब्याज कसरी दिन्छन् होला र’, बज्राचार्यले अनभिज्ञता प्रकट गरे ।

नेपाल राष्ट्र बैंक, बैंकर्स संघ र सुनचाँदी व्यवसायीबीच सुनचाँदी निक्षेप राखेर ब्याज दिनेबारे एक पटक मात्रै छलफल भएको छ । डेपुटी गभर्नर शिवाकोटीले अर्ध बार्षिक समिक्षापछि मात्रै सुन चाँदी निक्षेपका रुपमा राखेर ब्याज दिने व्यवस्था कार्यान्वयनमा आउने सम्भावना रहेको बताए ।
नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष भुवन दाहालले सुन चाँदी लगायतका बहुमूल्य धातुलाई निक्षेपका रुपमा स्वीकार गरेर ब्याज दिने व्यवस्था कार्यान्वयनको छलफल प्रारम्भिक चरणमै रहेको बताए । ‘राष्ट्र बैंक, सुनचाँदी व्यवसायी र बैंकर्स संघबीच प्रारम्भिक छलफल अघि बढेको छ, केहि समयपछि निष्कर्ष आउँछ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने ।

गहना निक्षेपमा राखेर ब्याज दिएमा गहना फिर्ता गर्दा कुन व्यवस्था कायम राख्ने भन्ने विषयमै अन्यौलता देखिएको छ । प्रारम्भिक छलफलमा गहना निक्षेपमा राख्दा ब्याज दिने र अवधी समाप्त भएपछि फिर्ता लिन चाहेमा गहना नै फिर्ता दिने वा गालिएको सुन दिने भन्नेबारे छलफल जारी छ । त्यसो त सुन गाल्दा लाग्ने शुल्क र जर्तिको विषयमा पनि छलफल भैरहेको छ ।
हरेक बैंकहरुले सुनचाँदीको गुणस्तर परिक्षणका लागि प्राबिधकको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि छलफल अघि बढेको छ ।

हाल सुनको दैनिक कोटा २० किलोग्राम तोकिएको छ । बिभिन्न बैंकहरुले आलोपालो प्रणाली अनुसार व्यवसायीहरुलाई दैनिक २० किलोग्राम काँचो सुन बेच्छन् । सोही सुनलाई गहना बनाएर व्यवसायीहरुले सर्वसाधारणलाई बेच्ने गरेका छन् । सुन निक्षेप राख्दा कति ब्याज दिने भन्नेबारे जोखिम मूल्यांकन गरेर मात्रै टुंगो लगाइने पनि डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement