कुमारी बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको मेलम्चीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले सिन्धुपाल्चोकस्थित मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकले यो क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका सञ्‍चालक कृष्णप्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले उक्त शाखा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ ।

Advertisement

Advertisement

Advertisement