देशभरबाट छानिए टिभिएसका 'बादशाह' मेकानिक्सहरु

Advertisement

काठमाडौं । नेपालमा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मेकानिक्स बादशाह प्रतियोगिता आयोजना गरी उत्कृष्ट मेकानिक्सहरुलाई पुरस्कृत गरेको छ ।

देशभरका टिभिएसका मेकानिक्सहरुबाट गत अक्टोबर महिनादेखि सुरु गरिएको यस प्रतियोगिताको अन्तिम नजिता शुक्रबार सार्वजनिक गरिएको हो । जसअनुसार पोखराका मेकानिक्स पोष्टराज तिमिल्सना प्रथम भएका छन् भने बुटवलका राजेश पन्थी द्धितीय र दाङका मोहमद उसमान सिद्धिकी तृतीय भएका भएका छन् ।

देशका ७७ वटै जिल्लाका २५० मेकानिक्सबाट टिभिएस मेकानिक्स बादशाह प्रतियोगिता सुरु गरी क्षेत्रीयसस्तर र राष्ट्रियस्तरमा छनोट गर्दै १३ जनामा सीमित गरिएको थियो । ती १३ जनाबाट शुक्रबा तीन जना उत्कृष्ट छानिएका हुन् । उत्कृष्ट तीनलाई नगदसहित प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई टिभिएस इण्डियाले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement