गौरीपार्वती र गजुरमुखीलाई कारवाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

Advertisement

काठमाडौं । साँसद विशाल भट्टराईले आफ्नो निर्वाचन क्षेत्र खोटाङमा काम नगर्ने दुई ठेकेदार कम्पनी गौरीपार्वती निर्माण सेवा र गजुरमुखी हरिहरी जेभीलाई कारवाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।

गृहमन्त्रीलाई पत्र लेख्दै भट्टराईले पुलहरु निर्माणमा अत्यन्तै बिलम्ब गर्ने दुवै निर्माण कम्पनीलाई कालोसुचीमा राखी कारवाही गर्न आग्रह गरेका छन् । यसअघि पनि जनप्रतिनिधिको हैसियतले सडक विभाग र सम्वन्धित् व्यवसायीसँग पुल निर्माणको काम समयै सम्पन्न गर्न छलफल र दबाब दिएको र संसदमा समेत कुरा उठाएको बताउँदै तर उनीहरुले अटेर गर्दै आएको बताएका छन् ।

भट्टराईले म्याद सकिँदा पनि पुल निर्माणको काममा बिलम्ब गरी संसद, सरकार, जनप्रतिनिधि, जनताको आवाजलाई पूरापूर बेवास्ता गरी निर्माणमा बिलम्ब गर्नेलाई कारवाही नगर्ने हो भने मुलुक बनाउने हाम्रो सपना निर्माण व्यवसायीको नाममा कलंकित बनेका केही व्यवसायीको कारण चकनाचुर हुने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement