प्रमाणपत्र धितो राखेर ३८ जनाले लिए २ करोड १५ लाख ५० हजार ऋण

Advertisement

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ३८ जना युवाले २ करोड १५ लाख ५० हजार ऋण लिएका छन् । सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यबिधी लागु भएपछि सो प्रमाणपत्र धितोमा राखेर त्यस्तो कर्जा प्रवाह भएको हो ।


तर यसरी कर्जा प्रवाह गर्न निजी भन्दा सरकारी बैंकले बढी अग्रसरता देखाएका छन् । राष्ट्रिय बाणिज्य बैंकले सबै भन्दा धेरै कजा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्त अवधीमा बिभिन्न ७ प्रकारका सहुलियतपूर्ण कर्जामा ४७ अर्ब ३१ करोड ४१ लाख ८६ हजार रुपैयाँ प्रवाह भएको छ ।

२० हजार ८ सय ६९ जनाले सहुलियत कर्जा लिएका छन् । ४५ अर्ब ९३ करोड ५१ लख २९ हजार रुपैयाँ भने कृषि कर्जामा प्रवाह भएको छ । बैंक तथा वित्तिय संस्थाहरुले कृषि बाहेकका अन्य क्षेत्रमा ऋण प्रवाह गर्न आनाकानी गरेपछि सरकारले बाध्यकारी नयाँ व्यवस्था अघि सारेको छ ।
कार्यविधि संसोधन गरेर कृषि बाहेकको कर्जा बाणिज्य बैंकहरुले ५ सय, विकास बैंकले २ सय र फाइनान्स कम्पनीले एक सय वटा प्रवाह गर्नै पर्ने व्यवस्था अघि सारेको छ । जस अनुसार आगामी असार मसान्त अवधीभित्र त्यस्तो कर्जा प्रवाह गरिक्सनुपर्नेछ ।

स्नातक तह उतिर्ण गरेका ४० वर्ष भन्दा कम उमेरका युवाहरुले बिजनेश प्रपोजल तयार पारि आफ्नो प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने व्यवस्था छ । त्यस्तो ऋणमा ५ प्रतिशत ब्याज अनुदान सरकारले उपलब्ध गराउँछ ।

Advertisement

Advertisement

Advertisement