महिन्द्राको थ्रीएस सुविधासहितको नयाँ शोरुम चन्द्रनिगाहपुरमा

Advertisement

चन्द्रनिगाहपुर । अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थितिमा मिति २०७६ मंसीर २७ गते शुक्रबार उद्घाटन गरेका हुन् ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ थ्रीएस शोरुम स्थापना गरिएको हो ।

उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्रीकेन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।

अग्नि ग्रुपका स्थानीय विक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् भने शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरूका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ । यो शोरुमले ग्राहकहरूले आफ्नै परिवेशमा यस्ता सवारीसाधनहरूमा सहजै प्राप्त गर्ने उनीहरूको अपेक्षा पूरा गर्नेछ ।

कम्पनीका अनुसार महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको नयाँ थ्रीएस सेटसहितको शोरुम तथा सर्भिस सेन्टरको स्थापनासँगै आउँदा दिनहरू यस क्षेत्रका ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement