आईएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Advertisement

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ ।

सञ्चालक समितिले प्रस्ताव परेको बोनस शेयर बीमा समितिबाट स्वीकृति र २२ औं साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनी सचिव एवम् नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement