अक्षयले यसरी महशुस गरे बच्चा जन्माउँदा महिलाले भोग्ने पीडा (भिडियोसहित)

Advertisement

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको   ‘गुड न्यूज’ फिल्मको निकै चर्चा छ। अभिनेता अक्षय कुमार र करीना कपूरको मुख्य अभिनय रहेको यस फिल्म २५ डिसेम्बर मा प्रदर्शनमा आउँदैछ । अहिले अभिनेता अक्षय फिल्म ‘गुड न्यूज’ को प्रमोशनमा लागि परेका छन्।

यसैबीच फिल्मका निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ । भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महशुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।

सरोगेसीमा आधारित रहेर तयार पारिएको यस फिल्ममा अक्षय कुमार, दिलजीत दोसांझ, करीना कपूर, कियारा आडवाणी लगायतका कलाकारको अभिनय रहेको छ । वास्तवमा कृत्रिम प्रसव पीडाका लागि उपकरणको प्रयोग गरिएको छ जसले बच्चा जन्माउने बेला जति पीडा हुन्छ, त्यो महसुस गराउँछ । भिडियोमा देखिए अनुसार जति जति पीडाको मात्रा बढाइन्छ त्यति नै दिलजीत र अक्षय चिच्याउन थाल्छन् ।

उनीहरु सुत्केरी हुँदाको पीडा महशुस गर्न एट टेस्टमा सहभागी भएका हुन् । यस उपकरणबाट बच्चा जन्माउने क्रममा हुँने पिडा महशुस हुन्छ । भिडियोमा यस उपकरण प्रयोग गरेपछी अक्षय र दिलजितले दुखाइ अनुभव गरेका छन् ।

https://www.youtube.com/watch?v=0V7e2l8ZBcI&feature=emb_title

Advertisement

Advertisement

Advertisement