नाडामा कृष्णप्रसाद दुलाल निर्विरोध अध्यक्ष चयन

Advertisement

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा वर्तमान कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन् । दुलाल संगठनको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

अध्यक्षका अर्का उम्मेदवारका रुपमा चार्चमा रहेका प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । नयाँ कार्यसमितिका लागि आइतबारलाई मनोनयन दर्ताको समय तोकिएको थियो । संगठनको उपाध्यक्ष रहेका कपुरी पछि हटेपछि दुलाल सहजै अध्यक्ष भएका हु्न । चुनावै हुँदा पनि उनी नै विजयी हुने संभावना प्रवल थियो ।

अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा पुस ४ गते हुने नाडाको बार्षिक साधारणसभाबाट घोषणा हुनेछ । संगठनमा अध्यक्ष र कार्यसमिति सदस्यहरुका लागि निर्वाचन हुन्छ । कार्यसमिति सदस्य पदहरुमा पनि सर्वसम्मत गराउने प्रयास चलिरहेको व्यवसायीहरुले बताएका छन् । नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ । संस्थाका पदाधिकारीहरु कार्यसमितिले चयन गर्नेछ ।

Advertisement

Advertisement

Advertisement