राष्ट्र बैंकको निर्देशनप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति, आन्दोलनमा जाने चेतावनी

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी हुन दिएको निर्देशनप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आपत्ति जनाएको छ ।

संघका महासचिव हरिराज खरेलले हस्ताक्षर गरी शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई बुझाएको ध्यानाकर्षण पत्रमा राष्ट्र बैंकले जारी गरेको निर्देशन फिर्ता लिई वित्तीय अन्यौलता अन्त्य गर्न माग गरिएको छ ।

उक्त ध्यानाकर्षण पत्र मार्फत निर्देशन फिर्ता नलिई एक पक्षीय रुपमा अघि बढेमा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।





 

Advertisement

Advertisement

Advertisement