प्रभु बैंक ‘जावलाखेल युवा क्लब’को मुख्य प्रायोजक, २ कित्ता गरी २५ लाख दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने भएको छ । बैंक र जावलाखेल युवा क्लबबीच यस सम्बन्धी आइतबार सम्झौता भएको हो । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले आप्mनो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंकमा आप्mनो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् सञ्चालन गर्ने जनाइएको छ ।

जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्ने सम्झौतामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement