भृकुटीमण्डपमा पुस ४ गतेदेखि ६ गतेसम्म ‘नेपाल फाइभ पी’ एक्स्पो हुँदै

Advertisement

काठमाडौँ । भृकुटी मण्डपमा आगामी शुक्रबारदेखि ‘नेपाल फाइभ पी’ एक्स्पो हुने भएको छ । नेपालमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायको प्रदर्शनी ‘नेपाल फाइभ पी’ एक्स्पो पुस ४ गतेदेखि ६ गतेसम्म(२०–२२ डिसेम्बर २०१९) हुन लागेको हो ।

आइतबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको तयारी पूरा भएको जानकारी दिइयो । फाइभ पी ब्यापार साझेदारी, ननिनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालि इण्डिया र मिडिया स्पेस सोलुसन्स प्रालि नेपालले संयुक्त रुपमा उक्त एक्स्पो आयोजना गर्न लागेका हुन् ।

भारतको पीएचडी चेम्बर अफ कमर्श, नेपाल चेम्बर अफ कमर्श, स्क्रिन प्रिन्टिङ एशोशियशन अफ इण्डियो, कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एशोसियशन अफ नेपालले नेपाल फाइभ पी एक्स्पो सफल पार्न भूमिका खेल्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।नेपालमा कच्चा पदार्थको मूल्य निर्यातकर्ता भारत भएकोले पनि त्यहाँबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चाइना, ताइवान, जर्मनी, इटाली र नेपालका अन्य ५० कम्पनीहरुसँगै प्रदर्शनी गर्ने जनाइएको छ ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेशिनरीका उत्पादनहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिव कक, इन्डक्शन मोल्डिङ मेशिन, प्रिन्टिङ मेशिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेशिनरी, सबै खालका कागज र स्पेयर पार्टस, सिलाई मेशिनका उत्पादकरु, प्याकेजिङ मेशिनरी, र्याप फिल्म उत्पादक। कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Advertisement

Advertisement

Advertisement