सेयर बजारको सुधार टिकेन, कारोबार रकम भने ६८ करोड माथि

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा सुधार टिकेन । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ७८ अंकले घटेर एक हजार १६७ दशमलव ८६ कायम भयो भने कारोबार रकम ६८ करोड ६० लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार छ करोड ३७ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार चार करोड ५४ लाख रुपियाँ बराबरको भएको छ ।

यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ । अन्य र बैंक समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै, होटल जीवन बीमा समूह तथा माइक्रोफाइनान्स समूहको सूचक एक प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको देखिन्छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी दश प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा स्पर्ष लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी छ दशमलव ४ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement