राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरीक्षक एवम् ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुबाट सचेतना प्रदान गरिएको हो ।

उक्त अवसरमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताए । प्रशिक्षक हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको सचेतना कार्यक्रम दैनिक अस्तव्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रम ब्राञ्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement