भोईथ अन्तरगतको कम्पनी यूहीम सञ्चालनमा

Advertisement

काठमाडौँ । व्यापारिक उद्योग भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स (यूहीम) सञ्चालनमा आएको छ । धुम्बाराहीमा हेडक्वार्टस् रहेको कम्पनी सञ्चालनको घोषणा हायात रिजेन्सीमा भव्य कार्यक्रमका साथ गरिएको हो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मेशिनहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको यूहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु: एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

यूहीमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ, जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ ।

नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकहरुको विश्वास जित्न तत्पर रहँदै आएको कम्पनीले जनाएको छ ।

क्याटरपिल्लर, कोमात्सु, कोबेल्को जस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको यूहीमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको जनाएको छ ।

यूहीमको धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्राञ्च कम्पनीको बिस्तार गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement