ड्युअल च्यानल एबीएससहितको रोयल इनफिल्ड क्लासिक-३५० सीसी नेपाली बजारमा सार्वजनिक

Advertisement

काठमाडौँ । एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सीसी ड्युअल च्यानल एबीएससहितको मोटरसाईकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको कम्पनीले दाबी गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ ।

विवेक अटोमोबाइल्स प्रालिले आफ्ना १९ वटा शाखा एवम् डिलहरु मार्फत विक्री वितरण शुरु गरेको जनाएको छ । हाल थपिएको ड्युअल च्यानल एबीएसका कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भइरहेको रोयल इनफिल्ड अब झन् सुरक्षित हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सीसी ड्युअल च्यानल एबीएससहितको उक्त मोटरसाइकल केही समयका लागि मात्र छ लाखमा उपलब्ध गराइएको एभभी दुगड ग्रुपले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement