पुनर्बीमा कम्पनीमा ४ भाईको भिडन्त सोमबार, कसले मार्ला बाजी ?

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ) छनौटका लागि सोमबार अन्तरवर्ता हुँदैछ । ६ जना आवेदकमध्येबाट प्रारम्भिक छनौटमा परेका ४ भाईले अन्तरवार्तामा सहभागीता जनाउनेछन् । उनीहरुले आगामी कार्यकालमा कम्पनीमा गर्ने काम र प्रदान गर्ने व्यवसायीक उचाईसहितको प्रस्तुति दिनेछन् ।

अन्तरवार्ताका लागि उनीहरुलाई ३० मिनेटको समय दिईएको छ । आफ्नो प्रस्तुति र छनौट समितिका सदस्यहरुले सोधेका प्रश्नहरुको जवाफ सोही अवधीमा दिईसक्नुपर्नेछ ।
त्यसरी प्रस्तुति दिनेहरुमध्ये छनौट समितिले ३ जनाको नाम सञ्चालक समितिमा पठाउनेछ र सञ्चालक समितिले आगामी ४ वर्षे कार्यकालका लागि एक जनालाई सिइओ नियुक्त गर्नेछ ।

अन्तिम प्रतिष्पर्धाका लागि कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, अशोक कुमार पौडेल, शेषरमण आचार्य र शंकर कुमार रायमाझीले सोमबार अन्तरवार्ता दिँदैछन् ।
अर्थमन्त्रालयका सह सचिव रामशरण पुडासैनीको नेतृत्वमा रहेको छनौट समितिमा आइक्यान अध्यक्ष कृष्ण आचार्य र पुनर्बीमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृतको तलब मासिक २ लाख ५० हजार रुपैयाँ तोकिएको छ । त्यसमा बार्षिक एक महिनाको चाडपर्व भक्ता, सञ्चय कोष र उपदानको सुविधा रहेको छ । गत आर्थिक वर्षको भन्दा २० प्रतिशतले खुद नाफा वृद्धि गरेमा ५ महिनाको आधारभूत तलब बराबरको थप रकम प्राप्त हुनेछ ।

कम्पनीले एक अर्ब ६० करोड मूल्य बराबरको साधारण सेयर(आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

Advertisement

Advertisement

Advertisement