पुरातत्वको हस्तक्षेप र हाम्रो आफ्नै विवादले भनेजति काम गर्न सकिएनः शाक्य

Advertisement

काठमाडौं । पुरातत्व विभागले हस्तक्षेप गर्दा सम्पदा पुर्नर्निमाणको काम सुस्त भएको बताएका छन् । काठमाडौं महानगरपालिकाको २५औं महानगर दिवसको अवसरमा उनले पुरातत्वले अनावश्यक हस्ताक्षेप गरेको बताएका हुन् ।

साथै शाक्यले महानगरभित्रकै आपसी झगडाले पनि काममा बाधा पुगेको स्वीकार गरे । उनले पुरातत्वको हस्तक्षेप र आपसी झगडाका कारणले सम्पदा पुर्ननिर्माणको कामले तीब्रता नपाएको बताए । विवादकै कारण रानीपोखरी, काष्ठमण्डप जस्ता सम्पदाको काम निकै ढिलो सुरु भएको भन्दै शाक्यले अब तीब्रता दिने बताए ।

मेयर शाक्यले आफूले निर्वाचनको बेला गरेका अधिकांश प्रतिवद्धता पूरा गरेको पनि जिकिर गरे । उनका अनुसार कतिपय कुरा प्रतिवद्धताभन्दा बाहिरका कुरा पनि भएको र कतिपय अन्य पार्टीले उठाएका कुरा पनि आफूले गरेको दावी गर्दै उनले कामै भएन भन्ने कुरामा सत्यता नरहेको बताए ।

उपमेयर हरिप्रभा खड्गीले देश विकास गर्न पुरुष होइन्, महिला चाहिने बताइन् । उनले हरेक निकाय र क्षेत्रमा महिलालाई उपमा मात्रै सीमित गर्ने काम भएकाले राम्रो काम हुन नसकेको बताउँदै स्थानीय तहमा पनि त्यही समस्या रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा काठमाडौंलाई सडकमानव मुक्त घोषणा गरेको छ । यस अभियानले घर परिवारविहीन भएर बाटोमा वास बस्नुपर्ने र भिख माग्नुपर्ने अवस्था अन्त्य हुने बताए ।

Advertisement

Advertisement

Advertisement