प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य, ग्राहकले यसरी पाउँछन् फाइदा

Advertisement

काठमाडौँ । प्राईम कमर्सियल बैंक र भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य भएको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने सम्झौतामा उल्लेख छ ।

सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रहेर विकास गरिएको जनाइएको छ ।

सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट प्राईम कमर्सियल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ ।

सन् २००७ मा स्थापना भएको प्राईम कमर्सियल बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement