वाइवाईको आइपीओ निकाल्ने विनोद चौधरीको घोषणा, न्युयोर्क स्टकमा पनि पुर्याउने

Advertisement

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीले वाइवाई चाउचाउको आइपीओ निकाल्ने बताएका छन् । पोखरामा जारी वाइवाई लिटरेचर फेस्टिभलमा आफ्ना धारणा राख्दै उनले वाइवाईको आइपीओ निकाल्ने बताएका हुन् ।

'वाइवाई कुनै दिन न्युयोर्क स्टकमा लिस्टेड होस, नेपालको पहिलो कम्पनी न्युयोर्क स्टकमा लिस्टेड होस, नेपालीहरुले सहभागीता जनाउन सकुन्, नेपालमा त निश्चिय नै हुन्छ नै', चौधरीले भनेका छन् । उनले वाइवाईलाई न्युयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत गराएर अझै विश्वव्यापी बनाउने दावी पनि गरे ।

‘४० वर्षको इतिहास भयो, संसारभर फैलाउने काम भैरहेको छ । ८० प्रतिशत विश्वको भुगोलमा पुगीसकेको छ ।’, चौधरीले भने ।

Advertisement

Advertisement

Advertisement