एनआईसी एशिया बैंकको एकैपटक दुई नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ । ललितपुर पाटन स्थित मंगलबजार शाखा र काठमाडौं दरबारमार्ग स्थित दरबारमार्ग शाखा आजबाट सञ्चालनमा आएको हो ।

मंगलबजार शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाको उद्घाटन एन आई सी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमिल्सिनाले गरेका छन ।

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकहरुलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिइरहेको छ ।

यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement