सनराइज बैंकको १२७औं शाखा विस्तार रसुवाको टिमुरेमा

Advertisement

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित कार्यक्रममा भन्सार कार्यालयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले एटीएम को उद्घाटन पनि गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement