चितवनको लोथरमा ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

Advertisement

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ ।

Advertisement

Advertisement

Advertisement