सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से १३ दशमलव ७५ अंकले घटेर एक हजार १५४ दशमलव ११ कायम भयो भने कारोबार रकम ४० करोड ७९ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार चार करोड ५६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा स्वाबलम्बन लघुवित्त बित्तीय संंस्था रहेको छ । जसको कारोबार दुई करोड ३४ लाख रुपियाँ बराबरको भएको छ ।

यस्तै, आज सबै समूहको सूचक राताम्मे भएका छन् । आज सबैभन्दा धेरै प्रतिशतले ओरालो लाग्ने समूहको सूचकमा निर्जीवन बीमा समूह रहेको छ । उक्त सूचकमा तीन प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै, जीवन बीमा र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको गिरावट देखिन्छ । हाइड्रोपावर समूहको सूचकमा एक प्रतिशतभदा धेरैको गिरावट आएको छ । बाँकी सबै समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले राताम्मे भएका छन् ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा दिब्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनी पाँच दशमलब ४५ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ४९ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement