पाँच लाख घुस लिने मालपोतका हाकिम बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सेवाग्राहीसँग ५ लाख घुस लिने भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मण्डल बिरुद्ध मुद्दा दर्ता गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत मण्डलले उच्च अदालत जनकपुर राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै घुस रकम माग गरेका थिए । यस सम्बन्धमा अख्तियार आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले ५ लाख घुस लइसकेको अवस्थामा मण्डललाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मण्डलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको पुष्टि हुन आएकोले जरिवाना र कैद सजायको माग दाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement