सनराइज बैंकको १२८औं शाखा विस्तार नुवाकोटको बट्टारमा

Advertisement

बट्टार । सनराइज बैंकले देशका वाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ उक्त शाखा विस्तार गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रमकाबीच सांसद नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रु
पमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ए।टी।एमको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टारमा सन्राइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने जनाए, भने केन्द्रिय सांसद नारायण प्रसाद खतिवडाले बैंकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरे ।

बट्टार नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने अपेक्षा भएको बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउँदै लाने जनाए ।

Advertisement

Advertisement

Advertisement