नबिल बैंकको वार्षिक साधारण सभा पुस २२ गते, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक चयन गर्ने

Advertisement

काठमाडौँ । नबिल बैंकको ३५ औँ वार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर पारित गर्नेछ । बैंकको अधिकृत पूँजी ११ अर्ब पुर्याउने विशोष प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

साथै, बोनस शेयर पछि बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८४८ रुपैयाँ पुग्नेछ । साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने कार्यतालिका रहेको छ ।

साधारण सभा प्रयोजनको लागि पुस ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement