सिद्धार्थ बैंकको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा दमौलीमा र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर, एकीकृत कर प्रणाली, मुल्य अभिवृद्दि कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

Advertisement

Advertisement

Advertisement