ओप्पो एनाइनको ‘भ्यानिला मिन्ट एडिशन’ सार्वजनिक

Advertisement

काठमाडौं । ओप्पोले ए सिरिजअन्तर्गतको ‘एनाइन २०२०’ स्मार्टफोनलाई ‘भ्यानिला मिन्ट एडिशन’मा नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पोले नजिकिँदै गरेको क्रिसमसलाई लक्षित गरी उक्त नयाँ एडिशन सोमवार सार्वजनिक गरेको हो ।

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो ।

ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टि टास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटर्फम जडान गरिएको छ । साथै, यसमा जीबी र्यामका साथमा १ सय २जीबी सञ्चय क्षमता पनि उपलब्ध गरिएको छ । यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पुर्याउँछ ।

गत सेप्टेम्बरमा मरिन ग्रीन र स्पेस पर्पल रंगमा सार्वजनिक एनाइन २०२० लाई हाल कम्पनीले नयाँ रूप दिएको हो । मिन्ट एडिशनमा गेमिङ तथा मल्टिटास्किङका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको ओप्पोले बताएको छ । यसमा ८ जीबी र्यामका साथमा १०२ जीबी मेमोरी क्षमता छ । त्यस्तै, क्यामेराअन्तर्गत एफ १ दशमलव ८ अपर्चरसहितको ४८ एमपी लेन्स र ११९ डिग्री फिल्ड अफ भ्यू दिने अल्ट्रावाइड ८ एमपी लेन्स रहेको उक्त फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री छ ।

मूल्य र उपलब्धता

कम्पनीको नेपालभर रहेका प्रमुखविक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य रु. ३३ हजार ५ सय ९० निर्धारण गरेको छ । फोनबजारमा पछिल्लो पटक सार्वजनिक गरिए झैँ मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन् ।

Advertisement

Advertisement

Advertisement