वोमी र नागरिक लघुवित्त मर्जरपछि एकीकृत कारोबार शुरु, सीईओमा प्रमेश आचार्य नियुक्त

Advertisement

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाबीच मर्जर पछिको एकीकृत कारोबार सोमबारदेखि शुरु भएको छ । वोमी लघुवित्तका नाममा एकीकृत कारोबार शुरु भएको कम्पनी सचिव प्रमेश आचार्यले जनाएका छन् ।

यता, ती दुई संस्थाबीच मर्जर पछि बनेको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा वोमीमा कार्यरत प्रमेश आचार्यलाई ४ वर्षको लागि नियुक्त गर्ने सञ्चालक समितिले निर्णय गरेको कामु नायब महाप्रबन्धक रबिन्द्र तिमल्सेनाले जनाएका छन् ।

यसैबीच, वोमी र नागरिकबीचको मर्जर पछि बनेको वोमी लघुवित्त वित्तीय संस्थामा ५ जना वोमी र १ जना नागरिकबाट सञ्चालक चयन भएका छन् । वोमीबाट बिमला उपाध्याय घिमिरे, बिन्दिया श्रेष्ठ प्रधान, किशोरी थापा, शिवप्रसाद मिश्र, कृष्णराज सिलवाल र नागरिकबाट कल्पना बराल सञ्चालक चयन भएका छन् ।

मंगलबार नै बसेको सञ्चालक समितिको बैठकले बिमला उपाध्याय घिमिरेलाई समितिको अध्यक्षमा चयन गरेको कम्पनी सचिव प्रमेश आचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement