हुवावेको स्मार्टफोनसहित ६ नयाँ उत्पादन बजारमा, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । हुवाई नेपालले एड्भान्स टेक्नोलोजीसहित नयाँ ६ वटा उत्पादन ल्याएको छ। हुवाईले आफ्नै इन्टेलिजन्ट इकोसिस्टम (एचएमएस)युक्त नयाँ मोबाइल ल्याएको हो।

हुवावे मोबाइल सर्भिसेसमा हृवावे एप ग्यालरी, हृवावे ब्राउजर, हुवावे मोबाइल क्लाउड, हृवावे थिमहरू, हृवावे म्युजिक, हृवावे भिडियो, हृवावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हुवावे आइडी, हृवावे हेल्थ, हृवावे थिम, हृवावे म्युजिक तथा अन्य धेरै रहेका छन् ।

त्यस्तै, जीटी–२ घडी, ब्यान्ड–४, ब्यान्ड–४ ई, फ्रि बड्स–३थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबलहरू रहेका छन्। यि सबै उत्पादन एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

हुवाई नेपालले खुला इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ। जसले हुवाई मोबाइल सर्भिस, हुवाई डिभाइसेस, फाइभजी नेटवर्क तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई कुनै समस्याविना कनेक्ट हुन सम्भव तुल्याउने जनाएको छ।

कार्यक्रममा हुवाई मोबाइल सर्भिसबारे जानकारी दिइएको छ। अहिले यसको एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एन्ड डेभ्लेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ। दुई वर्षभित्र लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ।

अहिले सार्वजनिक गरिएको फ्ल्यागशिप हुवाई मेट ३० प्रोमा किरिन ९९० एसओसी रहेको छ। त्यस्तै, ७ एनएम र इयूभी प्रोसेसको प्रयोग गरिएको जनाएको छ। यसको ब्याट्री पनि लामो समय टिक्ने जनाएको छ।

यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ। यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ। यसको फ्रन्ट क्यामरा ३२ एमपीको छ।

कम्पनीले हुवावे मेट ३० प्रोको बजार मूल्य एक लाख २९ हजार ९०० रुपियाँ, हुवावे जीटी–२ घडी २९ हजार ९०० रुपियाँ, हुवावे ब्याण्डफोर चार हजार ४०० रुपियाँ, हुवावे ब्याण्ड फोर ई तीन हजार ४०० रुपियाँ, हुवावे फ्रि बड्स थ्री २० हजार ९०० रुपियाँ र हुवावे फ्रि लेस नौ हजार ९०० रुपियाँ तोकेको छ ।

Advertisement

Advertisement

Advertisement