क्यास लेस बैंकिङलाई प्रोत्साहन गर्ने देवः विकास बैंकका यस्ता छन् सुबिधा

Advertisement

काठमाडौँ । देवः विकास बैंक लिमिटेडले क्यास लेस बैंकिङलाई प्रोत्साहन गर्दै ग्राहकहरुलाई विभिन्न सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

पीओएस मेशिनबाट कारोबार गर्दा पुस १ गतेदेखि लागु हुने गरी कारोबार रकमको ३ प्रतिशत नगद फिर्ताको योजना ल्याएको हो । साथै नेपाल भरी कुनै पनि भीजा नेटवर्कको एटीएमबाट नगद निकाल्दा कुनै पनि शुल्क नलाग्ने ब्यवस्थालाई यथावत राखी भारतमा समेत नगद निकाल्दा कारोबार शुल्क बापत लाग्ने शुल्क २५० रुपैयाँमा मंगलबारदेखि लागु हुने गरी १५० रुपैयाँमात्र शुल्क लाग्ने ब्यवस्था गरिएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ तथा देवः ई–बैंकिङबाट टप अप गर्दा कारोबार रकमको २ प्रतिशत नगद फिर्ताको योजना ल्याइएको छ । साथै बचत खातामा निःशुल्क भीजा डेबिट कार्ड, मोबाइल बैंकिङ र ई–बैंकिङ सुबिधा प्रदान गरिएको बरिष्ठ प्रबन्धक नवीन मुनि बज्राचार्यले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement