कैलालीको अत्तरियामा बजाजको नयाँ शोरुम शुभारम्भ

Advertisement

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अत्तरिया, कैलालीमा सुविधा सम्पन्न नयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभराम्भ गरेको छ ।

अत्तरिया, कैलालीमा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले अत्तरिया, कैलालीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न भएको बताए ।

Advertisement

Advertisement

Advertisement