सनराइज बैंकका ग्राहकले टर्किस एयरलाइन्समा १० प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत छुट हुने भएको छ । बैंकले मंगलबार एक विज्ञप्ती जारी गर्दै टर्किस एयरलाइन्ससँग टिकट सम्बन्धि सम्झौता गरेर आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने बताएको हो ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्नक्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । यस सम्झौता अन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमाजाँदा थप १० के।जीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाइ टिकट खरिद गर्नुपर्नेछ ।

सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement