रावा बैंकको सहयोगमा निर्मित नेपाल प्रहरी अस्पताल रक्त सञ्चार केन्द्रको शुभारम्भ

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्र शुभारम्भ भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उक्त रक्त सञ्चार केन्द्रको उद्घाटन गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकको रु. ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक खनाललाई सो समारोह हस्तान्तरण गरे ।

सो समारोहमा प्रहरी महानिरीक्षक खनालले मानवता सम्बन्धी पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयाँ क्षेत्रमा सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक एवम् नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. दुर्गा थापाले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने भने प्रहरी नायब महानिरीक्षक एवम् नायब मेडिकल डाइरेक्टर डा.मिनराज पाठकले धन्यबाद ज्ञापन गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय नक्सालका प्रबन्धक ईश्वरी न्यौपाने, त्रिभुवन विश्वविद्यालय रक्त संचार केन्द्रका नुमामाया गुरुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, उच्च प्रहरी अधिकृतहरु, प्रहरी कर्मचारीहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement