मुक्तिनाथ विकास बैंक सञ्चालक समितिको अध्यक्षमा भरतराज ढकाल चयन

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंक सञ्चालक समितिको अध्यक्षमा भरतराज ढकाल चयन भएका छन् ।

मंसिर ३० गते पोखरामा सम्पन्न बैंकको तेह्रौँ वार्षिक साधारण सभाले संस्थापक समूहबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण समूहबाट शालिग्राम मिश्र र निर्मलाकुमारी केसी कार्कीलाई सञ्चालकका रुपमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा ढकाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव डण्डपानी ढकालले बताए । सञ्चालक समितिको अध्यक्षमा चयन भएका ढकालले यसअघि मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) भएर कार्य गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement