निर्यात २४ प्रतिशतले बढ्दा जम्मा ३६ अर्ब, आयात सात प्रतिशतले घट्दा साढे चार खर्ब

,   २ पुष २०७६, बुधबार, ०४:४६ pm   
बैंक कर्जा

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा आयात छ दशमलव नौ प्रतिशतले घटेको छ । त्यसरी घट्दा पनि चार खर्ब ५० अर्ब रुपियाँभन्दा बढिको वस्तु तथा सेवा आयात भएको राष्ट्र बैकले जारी गरेको पछिल्लो मुलुकको आर्थिक स्थितिसम्वन्धी रिपोर्टले देखाएको छ ।

यता निर्यातमा २३ दशमलव ९ प्रतिशतले बढ्दा जम्मा ३६ करोड रुपियाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ । विगतका बर्षहरुको तुलनामा आयात निर्यातको यो तथ्यांक सकारात्मक भए पनि रकमको आधारमा भने वैदेशिक व्यापारमा अझै सुधार देखिन सकेको छैन् ।

यस अवधिमा कुल व्यापार घाटा चार खर्ब १४ अर्ब रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा आठ दशमलव नौ प्रतिशतले संकुचन देखिएको छ । तर तुलनात्मकरुपमा ठूलो आकारमा निर्यात बढ्न नसक्दा अर्थतन्त्रमा यसले सकारात्मक परिवर्तन देखिन् सकेको छैन् ।

aecc

समीक्षा अवधिमा भारततर्फको निर्यातमा ४५ प्रतिशतभन्दा बढिको सुधार देखिएको छ । तर नेपालको ठूलो आयात भारतबाटै हुने गरेकाले व्यापार सन्तुलनको संभावना तत्कालै देखिन्न् । त्यस्तै, चीनतर्फको निर्यात छ प्रतिशतले र अन्य मुलुकको निर्यात चार दशमलव सात प्रतिशतले कमी आएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले निर्यातमा कडाई गर्ने, कारोबार प्रणालीलाई बढि सिस्टमेटिक गर्ने र उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति लिएकाले अन्तर्राष्ट्रिय व्यापारमा थोरै भए पनि सुधार देखिएको छ । यसले राजश्व संकलनमा पनि असर गरेको छ । राजश्व संकलन लक्ष्यको ९५ प्रतिशत मात्रै भएको छ ।

समक्षा अवधिमा पाम तेल, अलैंची, धागो, जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, तार, तयारी पोषाक, जुस, उनी गलैंचाको निर्यात घटेको छ ।

त्यस्तै, आयाततर्फ भारतबाट हुँदै आएको आयात १० दशमलव नौ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात आठ दशमलव सात प्रतिशतले घटेको छ । चीनतर्फ १२ दशमलव आठ प्रतिशतले निर्यात बढेको छ ।

वस्तु आयातमा कच्चा पाम तेल, मेशिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाई जहाजको आयात घटेको छ ।