नेपाल आइडल सिजन-३ हुँदै, डिशहोमको च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने

Advertisement

काठमाडौं । रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सिजन ३ पुस महिनादेखि शुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडीले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगत्तै उक्त कार्यक्रम डिशहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने जनाइएको छ ।

नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रियस्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग पावर्डे बाई श्रेणीमा आबद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरञ्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएको बताए ।

‘यसअघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं’–बिक्री प्रमुख सापकोटाले भने । डिशहोमले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको र डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन प्रतिबद्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement