पूर्वसभामुख महराको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुँदै

Advertisement

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्ण बहादुर महराको निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ हुँदैछ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा आज सुनुवाइ भइरहेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

महराले मंसिर ५ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिलासँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि बलात्कार नभएको दाबी गरेकी छन् ।

महराले फौजदारी कार्यविधि संहिता(२०७४ मा रहेको व्यवस्था बमोजिम निवेदन थिएका थिए । महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement