नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’का लागी कपाल नै मुन्डन गरिन

Advertisement

काठमाडौं । फागुन ९ गते बाट देशभर प्रदर्शन हुने भनिएको नेपाली कथानक चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल नै मुन्डन गरेकी छिन् । तर, नायिका पन्तलाई यो गर्न सहज भने थिएन । उनले फिल्मलाई राम्रो बनाउन आफुले सक्दो प्रयास गरेको कुरा चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बताएकी छिन् ।

चलचित्रको कथाले यहि मागेको कारणले गर्दा आफुले मुन्डन गरेको उनी बताउँछिन् । चलचित्रको विषय वस्तु निकै राम्रो भएको हुदा ,चलचित्रलाई पनि राम्रो बनाउन कुनै कसुर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ ।

सुरक्षाले यो चलचित्रमा काम गर्दा आफू अभिनयको चरम विन्दुमा पुगेको बताइन् । भनिन्–‘धेरै चलचित्रमा काम गर्दा अब त केही होला भन्दा भन्दै त्यो विन्दुमा पुग्न सकिदैन । तर, मैले यो चलचित्रमा काम गर्दा केही स्थानमा अभिनयको त्यो चरम विन्दु पाएकी छु ।’

चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । यसअघि नम्रता श्रेष्ठले भने कपाल काटेकी थिइन् ।नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । अधिकांसले कस्ट्युम प्रयोग गर्ने गरेका छन् ।

सामाजिक नाटक ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । चलचित्रमा मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । चलचित्र ‘आमा’ निर्देशक खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि निकै नै मेहनत गरिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement