प्राइमले बोलायो साधारण सभा, १६ प्रतिशन बोनस शेयर र कैलाशलाई प्राप्ति गर्ने प्रस्ताव पारित हुने

Advertisement

काठमाडौँ । प्राइम कमर्शियल बैंकको बाह्रौ वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बैंकको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर पारित गर्नेछ । यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने(मर्जर) र प्राप्ति गर्ने (एक्वीजिशन) कार्यका लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित हुने कम्पनी सचिव सन्तोष बरालले जनाएका छन् ।

साधारण सभा प्रयोजनका लागि पुस १४ गते १ दिन बैंकको शेयर दाखिल खारेज दर्ता बन्द(बुक क्लोज) रहने कम्पनी सचिव बरालले बताए ।
कैलाशलाई प्राइमले प्राप्ति(एक्वीजिशन) गर्ने सम्बन्धमा राष्ट्र बैंकबाट असोज १५ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ । सो सम्बन्धी संयुक्त मर्जर समिति र बैंक सञ्चालक समितिबाट भएका सम्पूर्ण निर्णय पनि साधारण सभाले स्वीकृत गर्नेछ ।

कम्पनी सचिव बरालका अनुसार डीडीए प्रतिवेदनका आधारमा संयुक्त मर्जर समिति तथा दुबै बैंकको सञ्चालक समितिले स्वीकार गरेको कैलाशको १०० कित्ता शेयरलाई प्राइमको ९४ कित्ता(१ः०.९४) शेयर आदानप्रदान अनुपात(स्वप रेसियो) लाई पनि साधारण सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement