चिनियाँ राजदूतसँग संघको आग्रह-‘ठूलो लगानी भित्र्याउन पहल गरिदिनु होस्’

Advertisement

काठमाडौँ । नेपाल-चीन उद्योग वाणिज्य संघको टोलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसंग भेट गरी दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ ।

भेटमा राजदूत यान्छीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको बताइन् । चिनियाँ उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको पनि बताइन् ।

उक्त अवसरमा दुई देशबीचको व्यापार बृद्धिमा नेपाल तर्फको साँगुरो सडक नै वाधकको रुपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निर्माण तथा बिस्तारमा राजदूत यान्छीले बताइन् । नेपालमा विमानस्थालहरुको निर्माण तीव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको कुरा बताइन् ।

अबका दिनहरुमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिइने छ–उनले भनिन् । नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सह्रानीय् रहेको र भविष्यमा समेत राजदूतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने कुरा बताएको संघका महासचिव विवेक पौडेलले बताए ।

भेटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा दुई देशबीच विद्यमान व्यापारिक संभावना र समस्याहरु बारे जानकारी दिए ।

हालै चीनका राष्ट्रपती सि जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको आर्थिक, लगानी तथा पर्यटनमा बृद्धि हुने बताए । नेपाल चीनबीच नयाँ हवाई गन्तव्य बिस्तार भएको र संघाई जस्ता ठूलो शहरहरुमा समेत सो सेवा विस्तार गर्नु पर्ने तुलाधरले बताएका थिए । जसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने राजदूत यान्छी समक्ष उनले बताए ।

लार्चामा सुख्खा वन्दरगाह संचालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आईपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको हुँदा रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नु पर्ने कुरा अवसरमा बताए ।

नेपालमा स्थायी सरकार रहेको र लगानी मैत्री वातावरण वन्दै गइरहेको हुँदा चिनियाँ लगानीकर्ताहरुलाई नेपालका विविध संभावित क्षेत्रमा ठूलो लगानी ल्याउन पहल गर्न राजदूत यान्छी समक्ष अध्यक्ष तुलाधरले आग्रह गरे ।

उक्त अवसरमा चीनबाट ठूलो लगानी भित्र्याउन पहल गरिदिन आग्रह गर्यौँ-महासचिव पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement