एनबी बैंकले अनाथ अपाङ्ग आश्रयका बालबालिकालाई दियो ३५ वटा कम्बल

Advertisement

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल दिएको छ । बैंकले कागेश्वरी, मनहरा– ६ स्थित यस संस्थालाई ३५ वटा कम्बल दिएको हो ।

अनाथालयमा आश्रय लिइरहेका अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई चिसोमा अध्ययन र बसोबासको लागि सहज होस् भनेर कम्बल वितरण गरेको बैंकले जनाएको छ । बैंकका संचालक मुकुन्द ढुंगेलले अनाथ आश्रयका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement