सन नेपाल लाइफको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा संचालन भएको हो ।

अध्यक्ष अनुज क्यालले सभामा आर्थिक वर्ष २०७४।०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीय विवरण प्रतिवेदन, सामान्य प्रस्तावमा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७४।०७५ को वासलात,कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षणकार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५,००० अभिकर्ता संरचना तयार गर्नुका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी अधिराज्य भरी आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement