मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते, ४५ प्रतिशत बोनस शेयर पारित गरिने

Advertisement

काठमाडौँ । बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नबौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।
शनिबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे मिराबल रिसोर्ट एण्ड लज धुलिखेलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २.३६ नगद लाभांश(बोनस शेयरको कर प्रयोजनका लागि) र ४५ प्रतिशत बोनस शेयर पारित गर्नेछ । संस्थाको हाल कायम चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको छ । बोनस शेयर पछि संस्थाको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २ सय असी रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय पनि भएको छ ।

उक्त वित्तीय संस्थाले घ बर्गका अन्य इजाजत पत्र प्राप्त कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थासँग एकआपसमा गाभ्न/ गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement