थुइक्क ! यस्ता पनि नेता हुन्छन् ?

Advertisement

म एमसीसी परियोजनाको पूरानो सदस्य हुँ जतिबेला हिमेशजीले सानो परियोजनाको रुपमा यसलाई नेपालमा ल्याउनुभयो । सोही क्रममा नेपाल सरकारको चासो र सरकारी अधिकारीहरुको मेहनतले पाँच मिलियन डलरको अमेरिकी प्रोजेक्ट ल्याउन सफलता मिलेको हो । यो परियोजनाको निरन्तरता कसरी भए जस्तो लाग्छ ? भने सन् १९९० मा यूएसएआईडी (अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था)ले क्षेत्रीय विद्युत कनेक्टिभिटिको कुरा गरेको थियो । तर त्यो अघि बढ्न सकेन् । किनभने म पनि त्यतिबेला बोर्डमा थिएँ । क्षेत्रीय कनेक्टिभिटि नभई दक्षिण एसियाको विकास हुन्न भन्ने अमेरिकी धारणा अघि बढ्दा यहाँका देशहरुले त्यसलाई सहमति जनाउन सकेनन् । र अहिले आएर सहमति जनाउँदैछन् । सोही कुरा एमसीए नेपालमार्फत अघि बढिरहेको मैले देखेको छु । किनभने अधिकांश पैसा प्रसारणलाइनमा आएको छ ।

हामी एकातिर खुशी छौं ७.७२ सेन्टमा बंगलादेशले पाँच सय मेगावाट बिजुली किनिदिने भएकोमा भयंकर समाचार लेखेका छौं । पत्रकार साथीहरुसँग मेरो के गुनासो छ भने तपाईंहरुले विरोध मात्रै जनाउनु भएको छ । के एमसीए नेपालले अघि बढाउन लागेका परियोजनाहरु देशलाई नचाहिने हो त ? गलतै काम भएको छ त ? यो कुरा पनि पत्रकारहरुले लेखिदिनुपर्छ ।
मलाई के लाग्छ भने केही अबुझ राजनीतिज्ञहरुबाट यो परियोजनाको जुन विरोध गर्ने काम अघि बढेको छ, त्यसले परियोजनालाई गाह्रो पर्लाजस्तो लाग्छ । एक किसिमले मलाई त हाँसो लाग्छ हाम्रो बुद्धि हेरेर । यति राम्रो परियोजना, फेरि हाम्रो विकासका लागि रकम चाहिएको छ, हामीले अरुसँग ऋण लिएका छौं । एमसीसीको त सतप्रतिशत अनुदान हो जसमा कुनै कण्डिशन नै छैन् । जति पनि शर्त छन्, त्यो परियोजना बनाउनका लागि छ । आज जुनसुकै देशको अनुदान हेर्ने हो भने उसैले ठेक्का पाउनुपर्छ । नेपालमा आएको यो पहिला अनुदान हो जसमा कुनै शर्त छैन् । खुल्ला प्रतिस्पर्धामा जुनसुकै कम्पनीले पाउन सक्छ । विष्टजी (एमसीए नेपालका कार्यकारी निर्देशक) बृहत छलफल गर्नुभएको छ । छलफल गर्नुभएको छ । यसमा संसारभरीका ठेकेदारहरुले चासो देखाएका छन् । प्रतिस्प्रधात्मकरुपमा जाने आयोजना हो यो ।

अहिलेको हाम्रो अवस्था हेर्नुहुन्छ भने एक हजार २४० मेगावाट उत्पादन क्षमता हो । आज पनि बेलुकाको समयमा अलिअलि बिजुली बढि भइसकेको अवस्था छ । आउने डेढ बर्षमा आठसय मेगावाट थपिन्छ । दुई हजार पाँच सय मेगावाटका निजी क्षेत्रका आयोजना र एक हजार मेगावाटका सरकारी आयोजनाहरु निर्माणमा गइसकेको अवस्थामा यी आयोजनाबाट उत्पादित बिजुली दक्षिण नपुर्याई सुखै छैन् । चाहे बंगलादेश होस्, चाहे भारत । त्यसको लागि कुनै पनि पूर्वाधार अहिले नेपालसँग छैन् । साच्चै भन्ने हो भने विद्युत विकासको फुलस्टप केले गरिदिएको छ भने कनेक्टिभिटिले । भारतले पहिल्यै बनाउन नमानेको बुटवल–गोरखपुर सीमापार प्रसारणलाइन किन अहिले मान्यो भनेर तपाईंहरुलाई प्रश्न उठ्ला । म अहिले एमसीए नेपालको बोर्डको प्रतिनिधित्व गर्दिन । त्यो भएकोले मलाई बोल्न अनुमति दिनुस् । यो प्रसारणलाइनको लागि धेरै साथीले मेहनत गरेका छन् । आज १० प्रतिशत लगानी गरेर हामीलाई चाहिने गोरखपुरसम्मको प्रसारणलाइन बनाइँदै छ । बुटवलसम्म हामीले हजारौं मेगावाट बिजुली लगेर निर्यात गर्न सकिएन भने के गर्ने ? कहाँ लगेर पोखाउने ? पाल्पा लगेर के गर्ने ? पोखरा लगेर के गर्ने ? बुटवल–गोरखपुरले ठूलो नेटवर्क बनाइदिन्छ जुन नेटवर्कले बढि भएको हाम्रो बिजुली निर्यात गर्न सकिन्छ । बंगलादेश नै निर्यात गर्न पनि भारतको बाटो नभई सकिन्न ।

बोर्डमा पहिलो ब्यक्ति म नै थिए जसले बुटवलसम्म तीन हजार मेगावाट बिजुली लगेर के गर्ने भनेर प्रश्न उठाउने ? न त्यहाँबाट ल्याउन सकिन्छ, न निर्यात गर्न । त्यो भएकोले सीमापार कनेक्शन हुनैपर्छ । त्यो भन्दा अमेरिकी पक्षले सामान्य शर्त राखेका थिए त्यो हो एलओआई हुनुपर्छ । जुनकुरा सजिलै हुने कुरा हो । भयो पनि । भएको कारण एमसीए हो । एमसीए नभएको भए बुटवल–गोरखपुर प्रसारणलाइन बन्ने अवस्था हुँदैन्थ्यो । भारतलाई पनि अप्ठ्यारो भयो । मलाई लाग्छ यो योजनाको लागि भारतीय राजदूतले पनि ठूलो योगदान गरेका छन् । हामी बिमस्टेकमा छौं । बीआरआईमा छौं । हामी बीपीआईमा छौं । जहाँ पनि शंका गर्न सकिन्छ । एमसीसी कुनै पनि प्वाइन्टमा यसको सम्वन्ध सैनिकसँग कहिँ पनि देख्दिन । सेनाले भर्खरै अमेरिकी प्लेन लिएकै छ । हामी कुनै सैनिक शक्ति पनि होइनौं । हामी विकासका उपयोगी हौं । यस्तो कुरा गर्दाखेरी के लाग्छ भने ‘थुइक्क के गरेको यो ? यस्तो पनि हुन्छ यो देश ? साच्चै भनेको मैले । मैले फेरि पनि दोहोर्याईं म बोर्ड मेम्बर होइन् । मिडिया नै सशक्त माध्यम हो । मिडियाले नै यसलाई उल्ट्याउन सक्छ । देशको हितमा । तपाईं हाम्रो हितमा । हाम्रा बालबच्चाको हितमा । यदि यो प्रोजेक्ट आयो भने थप सहयोग बढ्नसक्ने अवस्था छ । अरु देशमा बढेको छ । यस्ता विकास आयोजनाहरु बनाउने कुरामा नचाहिने तर्कमाथि तर्क गर्दा देशको विकासमा बाधा हुन्छ । अरु प्रोजेक्टहरु आउन सकेका छैनन् । आएका पनि समयमा सक्ने सकेका छैनन् । एमसीसीको प्रोजेक्ट त पाँच बर्षभित्र सिध्याउनै पर्ने हुन्छ जसरी पनि । खड्गजीलाई कति तनाव छ । कल्पना गर्नुस त ? उहाँको क्यारियरसँग जोडिएको छ । यसले एउटा उदाहरण पेश गर्छ कि हाम्रो आयोजनाहरु कसरी अघि बढाउने ? भनेर । यो यति राम्रो छ । तर केही नबुझेका मानिसहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि, आफ्नो राजनीतिक स्वार्थका लागि विरोध जनाउँछन् भने त्यसको हामीले पनि घोर विरोध गर्नुपर्छ ।

एमसीएम नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा क्षेत्रका जानकार एवं व्यवसायी ज्ञानेन्द्रलाल प्रधानका अभिव्यक्ति ।

Advertisement

Advertisement

Advertisement