मुक्तिनाथ रेमिटको रेमिट्यान्सका विजेतालाई पुरस्कार वितरण

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकअन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित सञ्चालन गरेको रेमिट्यान्स केन्द्रित अभियानका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

गत भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियानका विजेतालाई विभिन्न ७६ वटा पुरस्कार वितरण गरिएको बैंकले जनाएको छ ।

यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहकमध्ये ७६ जनालाई नै पुरस्कार वितरण गरिएको छ ।

२५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको स्मार्ट टीभी, पाँच जनालाई २ सय लिटर क्षमताको फ्रिज, तीन जनालाई ल्यापटप र एक जनालाई बम्पर उपहारअन्तर्गत स्कुटर उपहार वितरण गरिएको छ । मंसिर १५ गते विजेता घोषणा गरिएको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचनाअधिकारी तिलबहादुर गुरूङले बताए ।

Advertisement

Advertisement

Advertisement