नबिल बैंकको सजिलो एक्सप्रेस कर्जा, ‘७५ लाख रुपियाँसम्म ३५ घण्टामै’

Advertisement

काठमाडौँ । नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना सार्वजनिक गरेको छ । सक्षम र यूके एडसँगको सहकार्यमा बैंकले यो योजना ल्याएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी नयाँ कर्जा योजना सार्वजनिक गरिएको हो । यो योजना अन्तरगत १५ लाखदेखि ७५ लाखसम्मको कर्जा ३५ घण्टामै दिने व्यवस्था मिलाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहले बताए ।

यो योजना अन्तरगत एक वर्षका लागि १०.५ प्रतिशत ब्याज दर कायम गरिएको  छ  । 'नेपालमै पहिलो पटक क्रेडिट स्कोरिङ मोडल भएको नबिल सजिलो एक्सप्रेस कर्जा अन्तरगत आवश्यक कागजपत्र बुझाएको मात्र ३५ घण्टा भित्रै कर्जा स्वीकृतिको पुष्टी हुनेछ'-सीईओ शाहले बताए ।

त्यसैगरी नबिल बैंकले नबिल सजिलो एसएमई कर्जा योजना पनि सार्वजनिक गरेको छ । यो कर्जा योजना अन्तरगत ५ लाख देखि १ करोड ५० लाख रुपैयाँसम्म ५ दिन भित्र कर्जा स्वीकृत हुने बैंकले जनाएको छ । १ वर्षको लागि १०.५० प्रतिशत ब्याज दर निर्धारण गरिएको छ ।

यता, नबिल नारी कर्जा योजना अन्तरगत ५ दिन भित्र ५ लाखदेखि १ करोड ५० लाखसम्मको कर्जा स्वीकृत हुनेछ । यो कर्जा योजना अन्तरगत १ वर्षको लागि ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement