सिर्जना फाइनान्सद्वारा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा

Advertisement

काठमाडौँ । सिर्जना फाइनान्सले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट हकप्रद शेयरपछि कायम हुने चुक्ता पूँजीमा आव २०७५÷७६ को वितरणयोग्य नाफाबाट १५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव प्रभाकरकुमार देवकोटाले बताए ।

राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव देवकोटाले बताए ।

Advertisement

Advertisement

Advertisement