नेपाल बंगलादेश बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव पारितसहित २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको सोमबार आयोजित सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

नेपाल बंगलादेश बैंकको लाभांश गत वर्ष भन्दा बढेको हो । गत वर्ष बैंकले १०.५३ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपियाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement